६ कार्तिक २०८३, शुक्रबार

रामेछापमा १५ राउन्ड हवाई फायर, मतदान स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । रामेछापका विभिन्न मतदान केन्द्रमा १५ राउण्ड हवाई फायर भएको छ ।

शुक्रबार विहानदेखि सुरु भएको मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले १५ राउण्ड हवाई फायर गरेको हो ।

सुनापती – २ मा एक राउन्ड, खाँडादेवी– १ मा ६ राउन्ड, मन्थली– १२ मा ३ राउन्ड र मन्थली– ९ मा ५ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । खाँडादेवीकै पकरबासमा स्थगित भएको मतदान पुनः सूचारु भएको छ ।