८ कार्तिक २०८३, आइतबार

बुद्ध जयन्तीको तयारी छाडेर विकास कोषका कर्मचारी निर्वाचनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २९ वैशाख । लुम्बिनीमा २५६६ औँ बुद्ध जयन्तीको भब्य तयारी छ ।

तर कर्मचारीहरुलाई बुद्ध जयन्तीको तयारी छाडेर निर्वाचनमा दैनिकी भत्ता पाइने लोभमा गएका छन् । जसका कारण विकास कोषमा समेत हैरानी छ ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सहित भब्य तयारी भइरहेको बेला लुम्बिनी विकास कोषका १० जना कर्मचारी मतदान कार्यक्रममा सहभागी भएका कारण काममा हैरानी खेप्नु परेको एक जना कर्मचारीले दुखेसो सुनाए ।

हेर्नुस न यहाँ भिभिआइपीहरु आउँदै हुनुहुन्छ तर यहाँका कर्मचारी निर्वाचनमा जाँदा हाकिम देखि पीयुन सम्मको काम आफै गर्नुपरेको छ उनले गुनासो गरे ।

यहाँका कर्मचारीमा अस्त ब्यस्त छ । दैनीकि भत्ता पाइने लोभमा कर्मचारी उता गएका छन्, हाकिमलाई नै कुनै मतलब छैन ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ५० जना पठाएकोमा १० जना निर्वाचनमा खटिएको बताए ।

लुम्बिनी विकास कोषका ३ जना अधिकृतहरु चुरामणी भट्टराई, राजन बस्नेत, मकुन्द गौतम निर्वाचनमा गएको शाक्यले जानकारी दिए ।

३ जना अधिकृत र अन्य ७ जना कर्मचारीहरुलाई ब्यस्तताको बुद्ध जयन्तीको काम छाडेर निर्वाचनमा पठाएको कर्मचारीहरुको गुनासो छ ।

यो बेलामा थप कर्मचारी राख्नुपर्नेमा निर्वाचनमा उल्टै ५० जनाको नाम पठाउनु सचिवको ठूलो गल्ती भएको विकास कोष भित्रै गुनासो रहेको छ ।