६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा सत्ता गठवन्धनले चलखेल गरेपछि एमालेद्वारा उम्मेदवारी खारेजीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-renu

काठमाडौं, २९ वैशाख । शुक्रबार हुने स्थानीय चुनावको अघिल्लो दिन भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनको व्यापक चलखेल भएपछि नेकपा एमालेले उम्मेदवारी खारेजीको माग गरेको छ ।

आज सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना मन्त्रीहरु भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिर गरिरहेपछि एमालेले गठबन्धनका उम्मेदवारी खारेजीको माग गरेको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरपुर र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् । ‘राज्यको उच्च तहमा रहेका व्यक्तिहरुबाट नै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले सम्पूर्ण रुपले माओवादीका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन लागेको छ ।

प्रचण्ड जसरी पनि छोरीलाई जिताउन चितवन पुगेका हुन् । उनले चितवनबाटै मतदान गर्दैछन् । यस्तै मन्त्रीहरु किसान श्रेष्ठ, उमा रेग्मी र उमेश श्रेष्ठ पनि भरतपुरमा छन् ।

एमालेले मन्त्रीद्वय किसान श्रेष्ठ र उमेश श्रेष्ठले आर्थिक चलखेल समेत गरेको सूचना आएको भन्दै विज्ञप्तिमा आवश्यक छानविनका लागि माग गरिएको छ ।