६ कार्तिक २०८३, शुक्रबार

माओवादीद्वारा रुकुमपूर्वमा एमाले कार्यकर्ताको अहपरणपछि हत्या, तीन जना प्रहरी नियन्त्रणमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २८ वैशाख। रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेका छन्।

एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई घरदैलोका क्रममा २३ वैशाखमा अपहरण गरी हत्या गरिएको हो। गाउँपालिकाको ११ नम्बर वडा टक्सेरामा माओवादीले एमाले–कांग्रेस गठबन्धनको घरदैलोका क्रममा आक्रमण गरी जुनमायाको अपहरण गरेको थियो।

सो क्रममा झडप पनि भएको थियो।

अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको र पोष्टमार्टममा हत्या गरिएको पुष्टि भएको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको पोष्टमार्टम गरिएको छ।

एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेको बताए। प्रहरीले तीन जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

माअ‍ोवादी कार्यकर्ता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।