६ कार्तिक २०८३, शुक्रबार

नेकपा एसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार भूपनारायण राजवंशी फर्किए एमालेमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २७ वैशाख । नेकपा (एकीकृत समावादी)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् ।

चौधरीले एमाले विभाजन हुँदा समाजवादी रोजेका थिए । एकीकृत समाजवादीबाट स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार समेत बनेका राजवंशी स्थानीय निर्वाचनको मुखमै एमालेमै फर्किएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर एमालेमै रहने निर्णय गरेका हुन् ।

चौधरीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तर्राष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिनँ ।’