
काठमाडौँ, २६ वैशाख । सोमबार सेयरबजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.२७ अंकले र सेन्सिटिभ सूचक ३.१२ अंकले बढेको हो। आज २२२ कम्पनीको कारोबार भएकामा ३३ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २८ हजार ६ सय ७५ पटकको खरिदबिक्रीमा १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको हो।
आज कुलमध्ये होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र लगानी समूहको सूचक ओरालो लागे पनि अन्य सूचक उकालो लागेका छन्।
आज पनि जाल्पा सामुदायिक लघुवित्तको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले प्रतिकित्ता १६७.२० रुपैयाँ कमाएका छन्। अन्य कम्पनीका भने खासै बढ्न सकेको छैन। आज लगानीकर्ताले ३.७८ प्रतिशतसम्म गुमाएका छन् भने नेपाल टेलिकमको सर्वाधिक ७ करोड ८३ लाखको सेयर कारोबार भएको छ।















प्रतिक्रिया