६ कार्तिक २०८३, शुक्रबार

एमालेले सरकारमा पाइलो टेक्यो कि समाज सुधारका कामहरु अगाडि बढ्छन् : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नेपाललाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने लक्ष्य बनाएर अगाडि बढिरहेको बताएका छन्।

एमाले आफ्नो उद्देश्य बनाएर अगाडि बढिरहेको छ । गन्तव्य बनाएर अगाडि बढिरहेको छ । उनले भने, एमालेले सरकारमा पाइलो टेक्यो कि समाज सुधारका कामहरु, विकासका कामहरु यी सब्बै अगाडि बढ्छन् ।

त्यस्तै, अध्यक्ष ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी समेत गरेका छन् ।

सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।