गुल्मी १५ बैशाख । दैवी प्रकोप उद्धार समिति गुल्मीले जिल्लामा राहत तथा उद्धारका कार्यक्रम तिब्र पारेको जनाएको छ । आज बसेको दैवी प्रकोप उद्धार समिती गुल्मीले जिल्लामा राहत तथा उद्धारको कामलाई बढी प्रभावकारी बनाउनका लागि जिल्ला बिपद ब्यवस्थापन समिती गठन गरेको छ ।
जिल्लामा क्षतीको विवरण सकंलन गर्न गाविस र नगरपालिका स्तरीय समितीको सयोजकमा गाविस सचिव रहने गरि समिती गठन गरिएको छ भने सदस्यहरुमा क्रियाशिल राजनितीक दल, प्रहरी, रेड्क्रस सोसाइटी, बिषयगत कार्यालयहरु, स्थानीय सघं सस्था, स्थानीय सञ्चारकर्मीहरु रहेका छन् । त्यस्तै जिल्लामा क्षतिको स्तर बिभाजन र आधार कसरी गर्ने भन्ने बिषयमा पनि ३ वटा आधार बनाइएको छ ।
जसअनुसार पूर्ण क्षती भएका मर्मत गरि बस्न नमिल्ने, पुरै नयाँ बनाउनु पर्ने त्यस्तै आशिंक क्षती मर्मत गरि बस्न मिल्ने र सामान्य क्षती चर्केको र बस्न योग्य गरि ३ बटा क्षतीको स्तर बिभाजन र आधार निमार्ण गरिएको समितीका सदस्य नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिनुभएको छ । त्यस्तै गरि आजै बसेको बैठकले राहत सकंलन टिमको पनि गठन गरेको छ ।
जसको लागि उद्योग बाणिञ्य सघं गुल्मीले सयोजकको भुमिका निभाउने भएको छ भने सहयोगमा जिल्लामा क्रियाशि राजनितीक दलहरु, पत्रकार महासघं, गैसस महासघं, निमार्ण ब्यवसायी सघं, रेडक्रस सोसाइटी, गुल्मी यातायात ब्यवसायी समिती, औषधी ब्यवसायी सघं, होटल ब्यवसायी सघं, रेसुङ्गा मिनी माइक्रो, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल गुल्मी लगायत बिभिन्न सघं सस्थाहरु रहेका छन ।
त्यस्तै उद्धार र राहतका कार्यक्रमहरुको प्रचार प्रसार समितीको नेपाल पत्रकार महासघं गुल्मी सयोजक रहेको बिपद ब्यवस्थापन समितिको गठन भएको छ ।
जसका लागि जिल्लाका सबै सञ्चार माध्यमहरु, पत्रकार, लगायत पत्रकारहरुका बिभिन्न सगंठनहरु सदस्य रहेका छन भने राहत कोष सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको सयुक्त नाममा साईन रेसुङ्गा डेभलपमेन्ट बैक गुल्मीमा खाता सञ्चालन गर्ने र राहत सकंलन बक्स जिल्ला प्रशासन कार्यलयमा राख्ने निर्णय समेत बैठकले गरेको दैवी प्रकोप उद्धार समिति गुल्मीका सदस्य सचिव स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिनुभएको छ ।
शनिवार र आईतवार गएको महा भुकम्पले गुल्मी जिल्लामा ६ सय ६९ घर पूर्ण रुपमा क्षती भएका छन भने १ हजार १ सय १३ घरमा आशिंक क्षती पु¥याएको छ । ११ बटा सामुदायिक भवनको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।















प्रतिक्रिया