६ कार्तिक २०८३, शुक्रबार

भरतपुरबाटै ओलीले दिए प्रचण्डलाई यस्तो जवाफ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेणु दाहालले नजिते देश दुर्घटना हुन्छ भन्ने अभिव्यक्तिको जवाफ दिएका छन् ।

चितवन एमालेले आयोजना गरेको वृहत चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजित गर्ने बताए ।

प्रचण्डले भरतपुरको सभालाई सम्बोधन गर्ने क्रममा रेणुले नजिते देश दुर्घटनामा पर्ने धम्कीपूर्ण चेतावनी दिएका थिए ।

अध्यक्षले ओलीले कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्दै प्रचण्डकी छोरीलाई बैशाख ३० गते जनताले बिदा गर्ने बताए ।

केपी ओलीले के भने ? हेर्नुस् भिडियो:

कसैको धम्कीले जनता तर्सनेवाला छैनन, अव सवै तहको चुनावमा एमालेले जित्छ, सवैतिर सरकार बनाउँछ, भरतपुरमा पनि त्यही हो, सूर्यध्वजाबहाक बिजय सुवेदीले जिते–जिते,’ आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने ।

‘बैशाख ३० कै दिनबाट जनताले परमादेशलाई जनादेशबाट परास्त गरेको प्रष्ट सन्देश दिनुपर्ने र त्यसका लागि सूर्यमा मतदान गर्नुपर्ने बताए । ‘भरतपुर त एमालेले जित्यो–जित्यो, गठबन्धन त हार्यो हार्यो,’ ओलीले भने, ‘अव भरतपुर त अव बन्यो–बन्यो ।’

प्रचण्डले छोरीलाई जिताउन अनेक षड्यन्त्र र धाँधली गर्ने आरोप लगाए । ‘धाँधली हुनसक्छन, अनेकन षडयन्त्र हुनसक्छन, त्यसलाई तह लगाउन सवैखाले आवश्यक तयारी गर्नाेस,’ ओलीले भने ।

ओली पुग्दा भरतपुरमा उर्लियो जनलहर, भिडियोमा हेर्नुस्:

‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि नेतृत्वबाट ढाडस पाएका छैनन,’ ओलीले भने, ‘तर ढुक्क हुनोस, प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ, देश बन्छ ।