
काठमाडौँ, २५ वैशाख । गठबन्धन दलका विभिन्न प्रेस संघ/संगठनहरुले एमालेविरुद्ध मतदान गर्न आह्वान गरेको संयुक्त विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाउँदै निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
शनिबार कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एसनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेकोमा आयोगले २४ घण्टे स्पष्टिकरण सोधको हो ।
आयोगले अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदन ? पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै २४ घण्टाभित्र विज्ञप्ति हटाएर सोही समयभित्र लिखित जवाफ पेस गर्न पत्र काटेको छ ।
उनीहरुले विज्ञप्तिमार्फत एमालेविरुद्ध गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न संयुक्त अपिल गरेका थिए ।
https://www.dainiknepal.com.np/2022/05/556490.html
यस्तो छ आयोगको विज्ञप्तिः

यस्तो छ प्रेस संगठनहरुले जारी गरेको विज्ञप्तिः
















प्रतिक्रिया