
काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्काउने दावी गरेका छन् ।
आइतबार पोखरामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले एमालेले निर्वाचन जितेमा ओलीले संसद भंग गर्ने र राजतन्त्र फर्काउने दावी गरेका हुन् ।
देउवाले निकै तल्लोस्तरको अनादार भाषाको समेत प्रयोग गर्दै भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ । म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन ? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’















प्रतिक्रिया