६ कार्तिक २०८३, शुक्रबार

यसपालि मतपत्र च्यात्ने नसोचे हुन्छः सुरेन्द्र पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गठबन्धन सरकारले ६ महिनामै टाट उल्ट्याएको बताएका छन् ।

उनले केपी ओलीले १४ महिनालाई पुग्ने विदेशी मुद्रा सन्चिती छाडेर हिँडेकोमा गठबन्धनको सरकारले टाट पल्टाएको बताए ।

आइतबार भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । केपी ओलीले जम्मा गरेको ढुकुटी सिध्याउने शेरवहादुर देउवा र उनका गठबन्धनकारीले एमालेमाथि औंला उठाउने हक समेत नरहेको दाबी गरे ।

त्यस्तै, पाण्डेले देउवा र प्रचण्डको नक्कली माया पिरती केही दिनमै टुट्ने दाबी समेत गरे ।

उनले भने– अस्ति यहाँ भरतपुरमा आएर देउवाजीले रेनु दाहाललाई मैले उठाएको हो,प्रचण्डजीले होइन भन्नुभएछ । देउवाजी तपाईको यो प्रेम ज्यादै छोटो छ । यो कमजोर प्रेम धेरै परसम्म जाँदैन । नक्कली माया पिरती, चाउरे पिरती केही दिनमै टुट्नेवाला छ ।

नेता पाण्डेले अघिल्लो चुनावमा मतपत्र च्यातेर जितेजस्तो यसपटक हुन नदिने समेत बताए ।

a