![]()
काठमाडौँ, २५ वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजार १७.९५ अंकले बढेको छ । वैशाख १३ गतेपछि पहिलो पटक नेप्से हरियो देखिएको हो । सो अंकको वृद्धिपछि नेप्से २२५६ अंकमा कायम भएको छ । दिउँसो १२:४० सम्म घटेको नेप्से त्यसपछि क्रमिक रुपमा उकालो लागेको हो ।
कुल १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । ५ कम्पनीको मूल्य स्थिर रहँदा १३६ कम्पनीको बढ्यो भने ५२ को घट्यो ।
बैंकिङ उपसमूह २.५ अंक घट्यो भने माइक्रोफाइनान्सको गिरावट ०.०३ अंकमा सीमित रह्यो । विकास बैंक १०८, फाइनान्स ५३, होटल तथा पर्यटन ७१, जलविद्युत् ६६, जीवन बीमा ३८, उत्पादन ११, निर्जीवन बीमा ९, अन्य ३५ र ब्यापार उपसमूह ४ अंक बढ्यो ।
नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नबिल बैंक, एनआईसी एसिया बैंक र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशस् अगाडि रहे ।















प्रतिक्रिया