५ कार्तिक २०८३, बिहिबार

बङ्गलादेशी स्वास्थ्य टोलीसहित राहत सामग्री आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । भूकम्पपीडितको उपचारका लागि बङ्गलादेशले ३० जना सैनिक स्वास्थ्यकर्मीको टोलीसहित राहत सामग्री उपलब्ध गराएको छ ।

पहिलो चरणमा २५० वटा त्रिपाल, ८०० किलोग्राम बिस्कुट, तीन टन औषधि र ५०० लिटर पानी उपलब्ध गराइएको यहाँस्थित बङ्गलादेशी दूतावासले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा राहत सामग्रीको अर्को खेप भोलि आउने पनि दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस