
काठमाडौँ, २४ वैशाख । चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् ।
शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिएका छन् ।
उनले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने बताए । ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो रु आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’















प्रतिक्रिया