
काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले आचारसंहिता लागू गर्न दलहरुलाई निर्देशन गरेपनि उल्लंघन भइरहेका छन् ।
आयोगले शुक्रबार मात्रै निर्वाचन आचारसंहिता उल्लंघन गरेका ३७ जनालाई स्पष्टीकरण सोध्यो ।
आयोगले मतदातालाई अनुचित तवरले प्रभाव पार्ने गतिविधि गरेको भन्दै मुख्यमन्त्रीदेखि मन्त्री, महानगरका प्रमुख उम्मेदवार मात्र होइन, निर्वाचन पर्यवेक्षण अध्यक्षसमेतलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेल, एमाले काठमाडौंका प्रमुख उम्मेदवार केशव स्थापित, बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायत २७ जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगले मुख्यमन्त्रीदेखि केही मन्त्रीहरुलाई समेत स्पष्टिकरण सोधिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षाकर्मीसहित चुनावी सभामा सरिक भइरहेकोमा भने मौनता साधेको छ ।
देउवा लगातार सरकारी सुरक्षाकर्मीसहित चुनावी सभामा सहभागी भइरहेका छन् ।
आयोगले आफू निष्पक्ष भएको भन्ने व्यवहारबाट देखाउन नसकेको हो कि भन्ने प्रश्न खडा गरिदिएको छ ।
मेयरका पदकाहरुलाई स्पष्टिकरण सोध्ने तर आचारसंहिता निरन्तर उल्लंघन गरि देशका मन्त्री तथा प्रधानमन्त्रीहरु सरकारी सुरक्षासहित चुनावी सभामा सहभागी हुनेलाई कुनै प्रश्न समेत नउठाउनु आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।
प्रधानमन्त्री देउवा चितवन, काठमाडौँ तथा आजै पनि धनुषा तथा भोलि पोखरामा चुनावी सभाका लागि सरिक हुँदैछन् । उनीसहित पार्टीका नेताहरु सहभागी हुने सभामा प्रधानमन्त्री सरकारी स्रोतकै दुरुपयोग गरिरहेका छन् । यद्यपि आयोगले यस विषयमा मौन बस्नु चाँही कि आयोगको निरीहता हो कि पक्षपात भएको विश्लेषण हुन थालेको छ ।















प्रतिक्रिया