
काठमाडौँ, २३ वैशाख । बाजुराको दुर्गम बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनको अवस्था तनावग्रस्त बनेको छ ।
कुकुरलाई हिर्काएको विवादले उग्ररूप लिएपछि पाण्डुसैनमा दुई पक्षबीच झडप भएको थियो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गर्दा पनि स्थिति साम्य हुन सकेको छैन ।
कुुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले नेकपा एकीकृत समाजवादीका कार्यकर्तामाथि आक्रमण गरेका थिए ।
कांग्रेस कार्यकर्ताको कुटाइपछि नेकपा एसका कार्यकर्ता गुहार माग्दै पाण्डुसेन प्रहरी कार्यालय पुगे । अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा त्यसबेला ३४ जना म्यादी र ६ जना प्रहरी मात्रै थिए ।
यसैबीच कांग्रेस कार्यकर्ताले प्रहरी कार्यलय नै तोडफोड गरेका थिए । त्यस क्रममा १० जना प्रहरी र कांग्रेस र नेकपा एसका ५ जना बढी घाइते भएका छन् ।
त्यहाँ थप सुरक्षाकर्मीको व्यवस्था गरिएको बताइएको छ ।















प्रतिक्रिया