६ कार्तिक २०८३, शुक्रबार

बाह्र बोरको एकनाले घरेलु बन्दुकसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, २३ वैशाख । सखुवाप्रसौनी गाउँपालिका–१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका–१ औराहागाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनकै घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्नआएपछि प्रहरीले उनलाई उनकै घर नजिकै नालीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।