६ कार्तिक २०८३, शुक्रबार

बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप, ६ घाइते, प्रहरीद्वारा हवाई फायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ वैशाख । चनावी प्रचारप्रसारका क्रममा बाजुराको बुढीनन्दा नगरपालिका– ९ मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

कुकुरलाई जिस्काएको भन्दै कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताहरुमाथि कुटपिट गरेका थिए ।

कांग्रेस कार्यकर्ताका कुटाईबाट घाइते नेकपा एसका कार्यकर्ताहरुले प्रहरी समक्ष पुगेका छन् ।

त्यस्तै, पुनः नेकपा एसका कार्यकर्ताहरुले प्रहरी कार्यालय समेत तोडफोड गर्न लागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका थिए ।

झडपमा ३ जना प्रहरीसहित कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएको प्रहरीको भनाइ छ ।