
काठमाडौँ, २३ वैशाख। आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ ।
बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।















प्रतिक्रिया