६ कार्तिक २०८३, शुक्रबार

एमालेले गाली कम्पिटिसन होइन देश बनाउँछ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन्।

कैलालीको बौनियामा बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कुनै गन्तव्य नभएको गठबन्धन खाली सरकारमा पुग्ने र आफ्ना मान्छेलाई उद्धार गर्ने, व्यवस्थापन गर्ने, नातागोता आफन्तको व्यवस्थापन बाँडीचुँडी खान बनेको हो।’

२३ सिट ल्याएको कांग्रेसका सभापति अरु विभिन्न लौरा टेकेर सरकार चढ्दै गरेको र हिँड्न खोजेको भन्दै ओलीले थपे, ‘यो संसदबाट होइन अन्तैबाट बनेको परमादेशी सरकारलाई आज हामीले बिदाई गर्ने बाटोतिर छौं। बिदाई गर्छौं भन्ने सन्देश यो चुनावले दिनुपर्छ।’

गठबन्धनको एमालेलाई गाली गर्नुबाहेक नीति कार्यक्रम केही नभएको उल्लेख गर्दै ओलीले एमाले गाली कम्पिटिसन होइन देश बनाउने काममा लागेको जिकिर गरे।