६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदै होला ।’

मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरि चुनावी प्रचारप्रसारमा छन् । त्यति मात्र होइन प्रधानमन्त्री शेरबहादुर देउवा पनि आचारसंहिता विपरीत चुनावी अभियानका लागि चितवनमा छन् ।