
काठमाडौँ, २२ वैशाख । सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ ।
रातभर परेको वर्षाका कारण भरतपुरका केन्द्रीय बस टर्मिनललगायतका क्षेत्र जलमग्न भएका हुन् ।
कार्यक्रमका लागि तयार मञ्च तथा टेन्टहरु डुबानमा परेका छन् भने सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र भइ पानीमा डुबेका छन् ।
अब कसरी सभा गर्ने भनेर दलहरु छलफल गरिरहेका बताइएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवा समेत सम्बोधनका लागि पुगेका थिए ।
तर पानी तथा कांग्रेस भित्रको असन्तुष्टिका कारण कार्यक्रम फितलो हुने स्थानीय नेताहरु बताउँछन् ।
















प्रतिक्रिया