६ कार्तिक २०८३, शुक्रबार

नेपाल र खनाललाई ओलीको कटाक्षः एक दुई वटा पात झर्दैमा रुख नांगो हुँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक–दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताएका छन् ।

वुधबार एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलामको माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै उनले खनाल र माधवकुमार नेपाल प्रति कटाक्ष गरेका हुन् । उनले एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने टिप्पणी गरे ।

‘कसैले पार्टी छोडेर गयो भन्दैमा, एक÷दुईवटा पात झरेर गयो भन्दैमा न रुख नांगा हुनेछ न पार्टी रितिनेछ’ उनले भने ‘एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुन्छ ।’

त्यस्तै, अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन र कांग्रेसका छोराछोरीले समेत भोट केमा भन्दा सूर्यमा भन्ने बताए । ‘कांग्रेसीहरुलाई भन्न चाहन्छु तपाईहरुको छोरा छोरीलाई झन्डा दिनुहोस र भन्नुस त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्’ उनले भने । ओलीले पार्टी छाडेर जाने कार्यकर्ताहरुलाई फर्कन अपिल गरे ।

ओलीले नेता नेपाल र खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाकोमा भान्सामा गएको विरालोको संज्ञा दिए । ‘संसदमा एक पटक मैले शेरबहादुरजीलाई भनेको थिएँ हाम्रा भान्साका बिरालो त तपाईंकोमा देख्छु नि । अलि अलि खान दिनुस किन पर्खाएर राखेको ?’ उनले भने ।

ओलीले लारुम्बामा किरात धर्मगुरुलाई भेटेर ओलीले माई नगरपालिकामा सम्बोधन गरेका हुन् ।

उनी बुधबार नै झापाको सुरुगांको सभामा पनि सम्बोधन गरेका छन् ।