५ कार्तिक २०८३, बिहिबार

लुम्बिनी विकास बैंकको एकै साथ थप दुई शाखा कार्यालयहरुको उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्घेश्यले वुधबारदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८०औँ शाखाको रुपमा काठमाडौँको काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।

कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरे भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरे ।

यससँगै विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको वाणी समेत गरी थप ५ शाखा खोल्नको लागि तयारी गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।