
काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
वुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
सरकारले ज्येष्ठता मिचेर आईजीपी नियुक्ति गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।















प्रतिक्रिया