
काठमाडौँ, २१ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको चुनावी गठबन्धन भाँडिएको छ ।
दुवै पार्टीका नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति भए पनि जिल्लास्तरमा सहमति जुट्न नसकेपछि तालमेल तोडिएको हो ।
वुधबार नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै तालमेलको प्रयास गर्दा पनि दुवै दलका कार्यकर्ताले एकल प्रतिस्पर्धा गर्ने भएपछि त्यहीअनुसार अघि बढ्ने उल्लेख छ ।
यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो ।
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया