८ कार्तिक २०८३, आइतबार

कांग्रेसमा भाडभैलो, वडाध्यक्षको टिकट खोसिएपछि रत्ननगरमा कार्यालय तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । चितवनको रत्ननगरमा नेपाल कांग्रेसका कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरेका छन् ।

सत्ता गठबन्धनसँग भागबन्डा मिलाउन खोज्दा वडाध्यक्षको टिकट खोसिएपछि आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टीको वडा कार्यालय तोडफोड गरेका हुन् ।

वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेका हुन् ।

उनीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । आक्रोशित कार्यकर्ताहरुले पार्टीमा भएका झण्डा फ्याँक्नुका साथै फर्निचरहरु समेत तोडफोड गरेका छन् ।

अर्याल चुनाव प्रचारप्रसारमा जान थालिसकेपछि अन्तिम समयमा टिकट खोसिएको थियो ।

उनका स्थानमो गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।

त्यस्तै, रत्ननगरमा माओवादीले मेयर र उपमेयर नपाएको भन्दै असन्तुष्टि जनाएको छ भने कांग्रेसले गठबन्धनको निर्णय नमान्ने भन्दै चुनावी प्रचारप्रसारमा नजाने निर्णय गरिसकेको छ ।