
काठमाडौँ, २१ वैशाख । त्रिभुवन विमानस्थलमा बम रहेको हल्ला चलेपछि करिब एक घण्टा आन्तरिक उडान र अवतरण रोकिएको छ ।
वुधबार बिहान अज्ञात व्यक्तिले टेलिफोनमार्फत विमानस्थलमा बम रहेको जानकारी आएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
सुरक्षाकर्मीहरुले विमानस्थल खाली गरेर सर्च अपरेसन चलाएका थिए ।
तर विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु नभेटिएको विमानस्थलले दैनिक नेपाललाई जानकारी गराएको छ ।
विमानस्थलले सर्च अपरेशन सकिएको र कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जनाएको हो ।
अब नियमित उडान सुरु हुन लागेको जनाइएको छ । सम्पूर्ण यात्रुहरुलाई बाहिर निकालेर अपरेशन चलाइएको थियो ।















प्रतिक्रिया