६ कार्तिक २०८३, शुक्रबार

आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियो ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।