८ कार्तिक २०८३, आइतबार

स्वास्थ्यमन्त्री विरोध खतिवडा आचारसंहिता मिच्दै सरकारी गाडी चढ्दै चुनावी सभामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसारमा लागेका छन् ।

मन्त्री खतिवडा सोमबार हटौँडा महानगरपालिकामा सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीबाट त्यहाँ पुगेका हुन् ।