८ कार्तिक २०८३, आइतबार

गोरखामा जीप दुर्घटना हुँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गोरखा, २० वैशाख । गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्च्याइएको जनाएको छ ।

चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । –रासस