
काठमाडौँ, २० वैशाख । नेपालमा गत २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, यस अवधिमा कोरोनाबाट २३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया