८ कार्तिक २०८३, आइतबार

प्रबल नेपालद्वारा ‘सचेत नागरिक भोट सचेतना कार्यक्रम’ सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । प्रबल नेपालले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी भोट सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार संस्थाका पदाधिकारीको उपस्थितिमा माछापोखरीस्थित “सचेत नागरिक भोट सचेतना“ कार्यक्रम सम्पन्न भएको हो ।

आम नागरिकलाई भोटको महत्वबारेमा बुझाउन कार्यक्रमको आयोजना गरिएको सस्थांको सस्थापक अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा नागरिकलाई आफ्नो भोटको महत्व र मतदान किन गर्नुपर्छ? हाम्रो मतले हाम्लाई हाम्रो समुदायलाई के कस्तो प्रभाव पार्छ ? भन्ने लगायका विषयलाई समेटेर सडकमा शान्तिपूर्ण र साङ्केतिक रुपमा पोष्टर प्रर्दशन गरि सम्पन्न गरिएको हो ।

यसरी प्रदर्शन गर्नाले आम मानिसमा एक भोटको महत्व कति हुन्छ भन्ने कुरा बुझाउन र सहि उम्मेदवारलाई आफ्नो मत दिएमा देशलाई विकास तर्फ ढकेल्न सकिने विश्वासले उक्त कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।