३ मंसिर २०८३, बिहिबार

यस्तो छ प्युठानमा वडा अध्यक्षमा उम्मेद्वारी दिएका राजनीतिक दलहरूको अवस्था

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २० वैशाख। प्युठान जिल्लाका पालिकामा वडाध्यक्षको उम्मेदवारी विश्लेषण गर्दा राजनीतिक दलहरूको अवस्थामा एमाले अब्बल साबित भएको छ।

६१ वटा वडा अध्यक्ष (९५.३१ प्रतिशत) एमालेको छ। ३ वटा छाडेकाका कारण ४.६८ प्रतिशत मात्र घाटा भएको छ।

यसैगरी  नेपाली काङ्ग्रेस २७ वडा अध्यक्ष  ४२.१८ प्रतिशत मात्र ओगटेको छ। यसैगरी माओवादी केन्द्र २० वडा अध्यक्ष (३१.२५ प्रतिशत), ८ वडामा एक्लै १२.५ प्रतिशत मात्र रहेको छ।

राष्ट्रिय जनमोर्चा १७ वडा अध्यक्ष २६.५६ प्रतिशत, ७ वटामा एक्लै १०.९३ प्रतिशतमात्र हिस्सेदारी छ। नेकपा नेत्रविक्रम चन्द विप्लव समूह  २ वडा अध्यक्ष ३.१३ प्रतिशत मात्रै छ। उसले माओवादी केन्द्रको चुनाव चिन्हलाई रोजेको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २ वडा अध्यक्ष ३.१३ प्रतिशत मात्रै भाग लिएको छ।

एमाले प्युठान जिल्ला इञ्चार्ज तथा पोलिटव्युरो सदस्य सूर्य थापा भन्छन्,‘तथ्य स्पष्ट छ– एमालेले करिब शतप्रतिशत उम्मेद्वारी दिएको छ, नेपाली काङ्ग्रेस एमालेको करिब आधा मात्रै छ, माके एक तिहाइभन्दा तलै छ र जनमोर्चा एक तिहाइभन्दा पनि धेरै तलको हैसियतमा छ भने विप्लव र एस तीन प्रतिशत उम्मेद्वारीमा सीमित छन्!’