६ कार्तिक २०८३, शुक्रबार

अबको नेतृत्व युवाले गर्नुपर्छ : उम्मेदवार तिमल्सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यास (तनहुँ), २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास–१० का वडाअध्यक्षका उम्मेदवार मदन तिमल्सेनाले अवको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् ।

अग्रजलाई सम्मान गर्दै उनीहरूको अनुभवलाई ग्रहण गर्दै अबको नेतृत्व युवाले गर्नुपर्नेमा उनले जोड दिएका छन् । अब परिवर्तनका लागि युवाले नेतृत्व पाउनुपर्ने उनको भनाइ छ ।

समाजलाई परिवर्तन र युवालाई देशमा नै केही गर्ने वतावरण गराउन पनि अबको स्थानीय तहमा युवाको नेतृत्व स्थापित हुनुपर्ने उनले बताएका छन् । युवामा भएको जोश, जाँगर, योग्यता र क्षमतालाई प्रस्फुटन गर्ने माध्याम स्थानीय तह भएको बताउँदै उनले सबै युवाको सम्मान गर्दै आफूले व्यास नगरपालिका–१० को अध्यक्षमा उम्मेदवार दिएको बताए ।

जनतासँगको घरदैलोमा युवा र सबैबाट साथ सहयोग पाएको उनको भनाइ छ । ‘समाजमा मेरो भूमिका विभिन्न समयमा विभिन्न क्षेत्रमा भयो,’ उनले भने, ‘त्यसैले पनि आम जनताको साथ पाउनेमा ढुक्क छु ।’