
बागलुङ, २० वैशाख । स्वर्गीय विधान कार्कीको स्मृतिमा स्थापित विधान कार्की स्मृति कोषले जनकल्याण आधारभूत विद्यालय रेश तिङरिङका २ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–७ साविक रेश गाविस वडा नं. १ भिरमुनी निवासी स्वर्गीय विधान कार्कीको स्मृतिमा उनका मामा रामबहादुर जीसी र माइजु हुमाकुमारी जीसी (अञ्जु) ले स्थापना गरेको विधान कार्की स्मृति कोषबाट दुई जना विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कक्षा ४ की यज्ञ कुमारी थापा र कक्षा ५ का रोहित शर्मालाई कोषका सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक समेत रहेकी हुमाकुमारी जीसी (अञ्जु) ले पोशाक र शैक्षिक सामग्री प्रदान गरिन् ।
रेश भिरमुनी निवासी स्व. विक्रमकार्की र लिला कार्कीका छोरा विधान कार्कीको १५ वर्षको उमेरमा दुर्घटनामा परी २०६७ चैत १६ गते निधन भएको थियो । स्वर्गीय विधान कार्कीको स्मृतिमा मामा र माइजुका तर्फबाट ५० हजार रुपैयाँको विधान कार्की स्मृति कोष स्थापना गरिएको थियो ।















प्रतिक्रिया