५ कार्तिक २०८३, बिहिबार

कामना सेवा विकास बैंकद्वारा दशौँ शाखारहित बैंकिङ् सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ् सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारबाट सप्तरीको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकस्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेशकुमार साह) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा शाखारहित बैंकिङ् सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यवसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।