
काठमाडौँ, १८ वैशाख । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।















प्रतिक्रिया