६ कार्तिक २०८३, शुक्रबार

‘एमालेको पहलमा स्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित जीवनको सुनिश्चित भएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् ।

‘काम गर्नेमाथि काम लगाउनेहरुको ज्यादतिका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भए भएको चरम दमनका विरुद्ध स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको माग सहित सन् १८९० देखि र काम गर्नेमाथि काम लगाउनेहरुबाट हुने ज्यादतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय विश्वभरी श्रमिक दिवस मानाउँँदै आएका छौँ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संलग्नता रहने अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालय नेकपा (एमाले) नेतृत्वको अल्पमतको सरकार बनेपछि स्थापना भयो । र नेपाल ट्रेड युनियन महासंघ त्यसको प्रभावकारी र सक्रिय सदस्य रहंदै आएको छ ।

एशियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेड युनियन महासंघ रहेको छ ।

संविधान सभाद्वारा निर्मित नेपालको संविधान २०७२ ले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ । नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी स्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधान सभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी त्यसहाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ ।

श्रमिकको पारिश्रमिक बंैक मार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात गरेको स्मरण गराएका छन् । कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था सुरुवात भएको छ ।

आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने उल्लेख छ ।