३ मंसिर २०८३, बिहिबार

मेयरबाट राजीनामा गरी मेहताले दिए वडा सदस्यमा उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १६ वैशाख। इनरुवा नगरपालिकाको मेयर पदबाट राजीनामा गरेका राजन मेहताले वडा नम्बर २ को सदस्य पदमा उम्मेदवारी दिएका छन्।

वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। जिल्ला समन्वय समितिको प्रमुख बन्नका लागि मेहताले वडा सदस्यमा उम्मेदवारी दिएको बताइएको छ।

पार्टीले वडा सदस्यमा उठाएका कारण आफूले उम्मेदवारी दिएको मेहताले प्रतिक्रिया दिएका छन्।