९ कार्तिक २०८३, सोमबार

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनुषा, १३ वैशाख । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा गएराति तीनजना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ ।

यस्तै,ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।