
काठमाडौँ, १३ वैशाख । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ ।
आयोगका प्रवक्ता पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।















प्रतिक्रिया