९ कार्तिक २०८३, सोमबार

स्थानीय तह निर्वाचनः ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हालसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार राती साढे ८ बजेसम्म विभिन्न पदका लागि ८२ हजार २१० जनाको उम्मेदवारी परेको हो ।

जसमा सबै भन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् ।

७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा अध्यक्षका लागि २० हजार १७६ जना, ६ हजार ७४३ वटै महिला वडा सदस्यका लागि १३ हजार ५५४ जना, ६ हजार ७४३ वटै दलित महिला सदस्यका लागि १२ हजार १८१ र प्रत्येक वडामा दुइ वडा सदस्यका दरले ६ हजार ७४३ वडामा १३ हजार ४८६ वडा सदस्यका लागि २८ हजार २२८ जनले मनोनयन दर्ता गराएका छन् ।