
काठमाडौँ, १२ वैशाख । साताको दोस्रो दिन सोमबार शेयर बजार पुनः घटेको छ । आइतबार ९५ अंकले बढेको नेप्से परिसूचक आज ३४ अंकले घटेको छ ।
सोमबार ३४.९५ अंकले घटेर नेप्से २३८६.०२ अंकमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आज विभिन्न कम्पनीका ५० लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब ४ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया