
काठमाडौँ, १२ वैशाख । क्यान इन्फो टेक–२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् ।
भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”,सागर लम्साल ‘बले’ र र्यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरु स्टलमा आइसकेका छन् ।
भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको मज्जा लिन पाएका थिए ।
शुक्रवार निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टलमा आएर कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए भने शनिवारइन्दु मल्ल “गेमिङ“ ले चुनिएका आगन्तुकहरूसँग पब्जीखेलका केही राउन्ड खेलेकी थिइन् ।
आइतवार भर्खरै मात्र रिलिज भएको गीत “के सारो” का कलाकारसागर लम्साल ‘बले’रमिस्टरआरजेले स्टल भ्रमण गरेका छन् । अप्रिल २२ मा यु–ट्युब मार्फत रिलिज भएर श्रोताको मन जितिरहेको उक्त गीतमा भायनेटले प्रायोजन गरेको छ ।

गीतमा देखिएका कलाकारहरुले दर्शकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए । भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गर्दैछ। उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साट्ने छन् ।
क्यान इन्फो टेकमा रहेको भायानेटको डि ४०स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरूका अलावा प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू रहेका छन् । भायानेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन्।

क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूका लागि भनेभायानेटले ३ ओटाभाया टिभी र एम आई डुवल ब्यान्डराउटरको साथमा बन्डल गरिएको भरपर्दो अल्ट्रा–फाई लाइनअपमा १७% छुट दिँदैछ । उक्त अफरको फाइदा उठाउन भने भायानेटको स्टलबाटै अल्ट्रा–फाई सब्स्क्राईब गर्नु पर्नेछ ।
यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै लन्च हुने अन्य उपकरणहरू प्रि–अर्डर गर्ने अवसर पाउनेछन् र एक जना भाग्यशाली विजेताले ५५ इन्चको एम आई स्मार्ट टिभी जित्नेछन् ।















प्रतिक्रिया