९ कार्तिक २०८३, सोमबार

धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ ।

आइतबार अपराह्न काठमाडौँबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौँतर्फ आउदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।