
काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवार टुंग्याउन सकस परेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याउन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन देउवालाई अधिकार प्रत्यायोजन गरेको हो ।
सत्ता गठबन्धन तालमेलको सहमतिअनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।
त्यस्तै, धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी उपमहानगरपालिकामा मेयर र जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा कांग्रेसले उम्मेदवारी दिनेछ ।















प्रतिक्रिया