९ कार्तिक २०८३, सोमबार

जनताको आक्रोश सबै नेताहरुप्रति नभएर नातेदारबाहेक कोही नदेख्नेप्रति होः सूर्य थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । नेकपा एमालेका नेता सूर्य थापाले जनताको आक्रोश सबै नेताहरुप्रति नभएर नातावाद, कृपावादलाई प्रश्रय दिने पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता नेताहरुप्रति भएको बताएका छन् ।

एक रेडियो अन्तर्वार्तामा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

“केही नेताहरुमा इमान, जमान र निष्ठा नभएकाले जनतामा निराशा छाएको हो । अहिलेको जनआक्रोश सबै नेताहरुप्रति होइन पुष्पमकमल दाहालजस्ता रगतको होली खेलेर आएका नेता, १५ वर्ष पार्टी चलाएर ५ वर्ष बाहिर बस्न नसक्ने माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता कार्यकर्तालाई मृत्युको बलिवेदीमा चढाएर दसवटा घाट चहारेर पानी खाँदै हिँडेका छन्”, उनले भने ।

लोकतन्त्र र जनताको निम्ति भन्दै चर्का कुरा गर्ने नेताहरुले छोरी, भाइ, ज्वाइलगायतलाई हेर्न थालेपछि समस्या आएको थापाको भनाइ छ ।

उनले थपे, “लोकतन्त्रमा सबै नेता त्यस्ता छैनन् । ती अपवाद हुन् । यही हो अन्तिम मौका भनेर अवसरको दुरुपयोग गर्ने, खेलको नियम उल्लंघन गर्ने, लोकतन्त्रको मान्यता आत्मसात् नगर्ने नेताहरुलाई जनतालाई दण्डित गर्ने बेला आयो ।”