५ कार्तिक २०८३, बिहिबार

शेयर बजारमा उछाल, एकै दिन ९५ अंकले बढ्दै नेप्से २४२० पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । साताको पहिलो दिन आइतबार शेयर बजारमा उछाल आएको छ ।

निरन्तर घटिरहेको नेप्से आजको दिनमा ९५.५२ अंकले बढेर २४२०.९७ बिन्दुमा पुगेको छ ।

त्यस्तै, आइतबार कारोबार रकममा पनि सुधार आएको छ । विभिन्न कम्पनीका ६६ लाख ३९ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड बढीको कारोबार भएको छ ।

आजको दिनमा करिब सबै कम्पनीले कमाएका छन् ।

निर्वाचन निश्चित भएर नजिकिएसँगै पूँजीबजारमा सुधार आएको विश्लेषण गर्न थालिएको छ । यद्यपि यो कति दिन रहन्छ भन्नेमा लगानीकर्ता अन्योलमा छन् ।